मोरङ क्याम्पसका आंशिक प्राध्यापक सक्रिय
सहायक क्याम्पस प्रमुख डा सुशील अधिकारीलाई मागपत्र दिंदै
शिक्षाशास्त्र संकायलाई राष्ट्रिय स्तरमै उत्कृष्ट संकाय बनाउने उद्देश्यसहित तयार पारिएको सो सुझावपत्र क्याम्पस प्रमुख डा. रामावतार शरण, सहायक क्याम्पस प्रमुख डा. सुशील अधिकारी तथा त्रिवि प्राध्यापक संघ क्याम्पस इकाईका सभापति नवीन अधिकारीलाई बुझाइएको हो। प्राध्यापकहरूले आफ्नो माग तत्काल कार्यान्वयनका लागि कदम चाल्न आग्रह गरेका छन्।
सुझावपत्र विभिन्न सरोकारवाला निकायहरूलाई समेत बोधार्थस्वरूप प्रदान गरिएको छ। कर्मचारीको छाता संगठन त्रिवि कर्मचारी संघ–क्याम्पस इकाई, स्वतन्त्र विद्यार्थी युनियन, नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ, एमाले निकट प्रगतिशील प्राध्यापक संगठन, माओवादी निकट राष्ट्रिय प्राध्यापक संगठन तथा मधेशी प्राध्यापक संघलाई बोधार्थस्वरुप मागपत्र हस्तान्तरण गरिएको छ।
यसअघि मागपत्र क्याम्पस प्रमुखलाई मात्र बुझाउने परम्परा रहे पनि यसपटक संकायको दिगो विकासका लागि सहायक प्रमुख तथा प्राध्यापक संघका प्रतिनिधिलाई पनि औपचारिक रूपमा जानकारी गराइएको छ।
रामकुमार मेहताको नेतृत्वमा बुझाइएको मागपत्र कार्यक्रममा सूर्य निरौला, पुष्प निरौला, बद्री पौडेल, गणेश दुलाल र धीराज आचार्यलगायतका प्राध्यापकहरूको सक्रिय सहभागिता थियो।
View : 638
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved