Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

अमेरिका निवासी घिमिरेद्वारा विद्यालयलाई खेल सामग्री प्रदान

उद्‌घोष संवाददाता
११ फागुन २०८२, सोमवार

विराटनगर । अमेरिकाको भर्जिनियास्थित रिचमण्ड निवासी साहित्यकार पशुपति घिमिरेले मोरङको रंगेली नगरपालिका–१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाका विद्यार्थीहरूका लागि खेलकुद सामग्री प्रदान गरेका छन् ।

घिमिरेले सोमबार विद्यालयका शिक्षक देवी प्रसाद ढुंगेललाई विराटनगरमा खेलकुद सामग्री हस्तान्तरण गरेका छन् । उनले विद्यार्थीहरूको इच्छा अनुसार चार थान भलिबल र दुई थान नेट प्रदान गरेको बताए । 

विद्यार्थीहरूको खेलकुदप्रति रुचि देखिएकाले खेल सामग्री प्रदान गरिएको उनले बताए । 

उनले विद्यालयको समेत अवलोकन गरी शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूसँग छलफल गरेका थिए ।

१८ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका घिमिरेले यसअघि पनि विभिन्न विद्यालयमा खेलकुद लगायतका शैक्षिक सामग्री प्रदान गरिसकेका छन् ।

उद्घोष दैनिकको अनलाइन संस्करण उद्घोषडेलीडटकममा उक्त विद्यालयका विद्यार्थीहरूले खेलकुदप्रति रुचि देखाउँदै हालै सम्पन्न भएको रंगेली नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डका भलिवल छात्रा प्रथम, छात्रतर्फ दोस्रो भएको सामाचार प्रकासित भएको थियो । 

सोही समाचार पढेर समाजसेवी घिमिरेले नेपाल आएको समयमा विद्यालयको अवलोकन गरी खेलकुद सामग्री प्रदान गरेका हुन् ।

उनले विद्यालयको दयनीय अवस्था देखिएकोले शैक्षिक विकासका लागि आगामी दिन भौतिक संरचना निर्माणमा समेत सहयोग जुटाउन पहल गर्ने जानकारी दिए ।

View : 204

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved