Biratnagar, Morang, Nepal
१९ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

छारेरोग दिवसमा सचेतनामूलक र्‍याली

उद्‌घोष सम्वाददाता
१४ चैत २०८१, बिहिवार

विराटनगर । विश्व छारेरोग दिवसको अवसरमा विराटनगरस्थित न्यूरो हस्पिटलले बुधबार सचेतनामूलक र्‍याली आयोजना गरेको छ ।

हस्पिटलबाट सुरु भएको ¥याली नगर परिक्रमा गर्दै सम्पन्न भएको थियो । र्यालीमा चिकित्सक, स्वास्थ्यकर्मी, विद्यार्थी तथा हस्पिटलका कर्मचारीहरूको सहभागिता रहेको थियो । 

सहभागीहरूले ‘छारेरोग सरुवा रोग होइन,’ ‘समयमै उपचार गरे छारेरोग निको हुन्छ,’ ‘छारेरोग बारे घर–घर, टोल–टोलमा जानकारी गराऔं’ जस्ता सन्देश प्रवाहित गर्ने प्लेकार्ड बोकेका थिए ।

न्यूरो हस्पिटलले प्रत्येक वर्ष छारेरोग दिवसमा यस्ता सचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष पनि ‘समयमै उपचार गरौं, छारेरोगबाट बचौं’ नारासहित विभिन्न जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको हस्पिटलले जनाएको छ ।

कार्यक्रममा न्यूरोलोजिष्ट डा. सुनन्द पौडेलले छारेरोगप्रति समाजमा अझै पनि केही भ्रम रहेको उल्लेख गर्दै यसलाई विज्ञानले प्रमाणित गरिसकेको उपचारयोग्य रोगका रुपमा लिनुपर्ने बताए ।

‘छारेरोग कुनै दैवी प्रकोप वा पुनर्जन्मको प्रतिफल होइन । यो रोग लागेका व्यक्ति पनि हामीजस्तै सामान्य मानिस हुन् । उनीहरूलाई भेदभाव नगरौं, बरु उनीहरूको उचित उपचार र हेरचाहमा ध्यान दिउँ,’ उनले भने ।

डा पौडेलका अनुसार चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गरेमा छारेरोग नियन्त्रणमा आउँछ । उनले समाजमा अझै विद्यमान गलत धारणाहरू हटाउन निरन्तर जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरे ।

View : 79

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved