Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

अलपत्र परेकी महिलाको मेयर कोइरालाले गरे उद्धार

उद्‌घोष सम्वाददाता
२२ माघ २०८०, सोमवार

विराटनगर । विराटनगरको कञ्चनबारीमा अलपत्र अवस्थामा भेटिएकी एक महिलालाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा परिवारको जिम्मा लगाइएको छ । 

मेयर कोइरालाको पहलमा ८५ वर्षीया तारादेवी पोद्दारको उद्धार गरी महानगरले परिवारको जिम्मा लगाएको हो । स्थानीयले अलपत्र परेकी महिलाको बारेमा मेयर कोइरालालाई जानकारी गराएपछि तत्कालै नगर प्रहरीले उद्धार गरेको थियो । 

मेयर कोइरालाको निर्देशनमा नगर प्रहरीले गाडीमा राखेर विभिन्न स्थानमा पुर्‍याएर महिलाको घरका विषयमा सोधीखोजी गरेको थियो । एकजना व्यक्तिले उनलाई चिनेपछि घरको पहिचान भएको थियो । विराटनगर–३ दुर्गाचोकस्थित घरबाट घुम्न निस्किएकी उनी बाटो बिर्सिएर कञ्चनबारी पुगेकी थिइन् । 

कञ्चनबारीमा अलपत्र अवस्थामा भेटिएकी पोद्दारले सुरुमा आˆनो घर बुद्धचोक भएको र छोराको नाम भोला भएको बताएकी थिइन् ।

नगर प्रहरीले एक्कासी तारादेवीलाई लिएर घरमा पुग्दा परिवारका सदस्यहरु रोएका थिए ।

नगर प्रहरीका सई तीर्थजंग खत्री नेतृत्वको टोलीले उनलाई छोरा भोला र नातिनी काजलको जिम्मा लगाएको थियो । हराएकी आमालाई सकुशल घरमा पुर्‍याएपछि नातिनी काजलले महानगरपालिकालाई धन्यवाद दिएकी थिइन् । 

View : 203

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved