Biratnagar, Morang, Nepal
२९ कार्तिक २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

उद्‌घोष संवाददाता
२८ कार्तिक २०८३, शनिवार

Advertisement

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

सरकारमा सहभागी नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री यादवले दिउँसो १ बजे विश्वासको मत लिने तयारी रहेको र बहुमत जुटाउन विभिन्न दलसँग छलफल भइरहेको बताएका छन् ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक छ । मुख्यमन्त्री यादवलाई कांग्रेसका २२, जसपा नेपालका २७ र जनमत पार्टीका १२ सदस्यको समर्थन प्राप्त हुने सम्भावना छ ।

View : 35

२९ कार्तिक २०८३, आइतवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved