Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सुकुना क्याम्पसमा स्व.दुर्गाप्रसाद–छायाँदेवी ढकाल स्मृति अक्षयकोष स्थापना

उद्‌घोष संवाददाता
५ कार्तिक २०८२, बुधवार

सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैँचा-१२ स्थित स्वर्गीय दुर्गाप्रसाद ढकाल तथा स्वर्गीय छायाँदेवी ढकालको १२ औँ पुण्यतिथीको अवसरमा “दुर्गाप्रसाद–छायाँदेवी ढकाल स्मृति अक्षयकोष” स्थापना गरिएको छ ।

ढकाल दम्पतीका छोरा–बुहारी गणेशप्रसाद ढकाल र श्रीमती शशी ढकाल तथा गोपाल ढकाल र श्रीमती योजना शर्मा ढकालले संयुक्त रूपमा २ लाख १ हजार रुपैयाँ बराबरको चेक सुकुना बहुमुखी क्याम्पस प्रशासनलाई हस्तान्तरण गरेका छन् । ढकाल दम्पतीका छाेरा बुहारी “दुर्गाप्रसाद–छायाँदेवी ढकाल स्मृति अक्षयकोष ” काे संरक्षक रहेका छन् ।

क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले उक्त कोषले उत्कृष्ट विद्यार्थी प्रोत्साहन, शैक्षिक विकास र सामाजिक उत्तरदायित्व प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

ढकाल परिवारका अनुसार, समाज र शिक्षाप्रतिको लगावले परिचित स्व. दुर्गाप्रसाद तथा स्व. छायाँदेवी ढकालको आदर्श मूल्यलाई दीगो रूपमा जगेर्ना गर्ने उद्देश्यले कोष स्थापना गरिएको हो ।

कार्यक्रममा सहभागीहरूले ढकाल दम्पतीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारको यो कदमलाई प्रेरणादायी उदाहरणको रूपमा व्याख्या गरेका थिए ।

View : 426

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved