विराटनगर । नेपाल पुस्तक तथा शैक्षिक सामग्री व्यवसायी महासंघ जिल्ला शाखा मोरङको अध्यक्षमा दुर्गाप्रसाद घिमिरे चयन भएका छन्। शनिबार विराटनगरमा सम्पन्न महासंघको १९ औं साधारणसभा र १० औं अधिवेशनले घिमिरेको नेतृत्वमा १९ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा यतिराज पोखरेल, उपाध्यक्षद्वयमा सुशील घिमिरे र नरेश माझी छन्। त्यस्तै सचिवमा माधवप्रसाद बराल, सह–सचिवमा विक्की मित्तल र कोषाध्यक्षमा प्रमोद विश्वास छन्।
समितिका सदस्यहरूमा धनकुमारी आचार्य, हिमाकुमारी घिमिरे, बादल कनौडिया, अभिलाष अग्रवाल, विकास गोयल, शैलेन्द्र घिमिरे, मुकेशप्रसाद दुलाल, भूपराज निरौला, योगेन्द्र सङ्ग्रौला, मित्रप्रसाद अधिकारी, रुपेश झा र नवराज भट्टराई छन्।
अधिवेशनको अवसरमा पुस्तक व्यवसायको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै तीन जना व्यवसायीहरूलाई सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा मिलन लम्साल, चुडामणि घिमिरे र ओमप्रकाश उप्रेती छन्।
महासंघ मोरङका निवर्तमान अध्यक्ष दिनेश पन्तको अध्यक्षतामा भएको साधारणसभामा महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मातृका शिवाकोटीले शुभकामना व्यक्त गरे। यस्तै, कोशी प्रदेश अध्यक्ष जीवन नेपाल, वरिष्ठ उपाध्यक्ष माधव अधिकारी, झापा जिल्ला अध्यक्ष विनोद सापकोटा, सुनसरी जिल्ला सचिव भीम घिमिरे, पूर्व केन्द्रीय सदस्य गंगाधर मैनाली र प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले नयाँ कार्यसमितिको कार्यकाल सफलताको शुभकामना दिए।
साधारणसभामा जिल्लाभरिका पुस्तक तथा शैक्षिक सामग्री (स्टेशनरी) व्यवसायीहरूको ठूलो संख्यामा उपस्थिति थियो। नवनिर्वाचित अध्यक्ष घिमिरेले व्यवसायीहरूको हक–हित र पुस्तक बजारको मर्यादित व्यवस्थापनका लागि आफ्नो कार्यकाल समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरे।
View : 264
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved