विराटनगर । विराटनगरको बजार क्षेत्रमा क्याटरिङ व्यवसायमा दयानन्द महतो नाम चलेका व्यक्ति हुन् ।
विभिन्न व्यक्ति तथा संघसंस्थाको सानाठूला सबैजसो भोजभोतरका कार्यक्रम सर्लक्क उतार्न सक्ने क्षमता भएका महतोले व्यक्तिगत रुपमा सुरुवात गरेको व्यवसाय अहिले श्रीतिरुपति क्याटरिङको रुपमा व्यावसायिक रुपमा अघि बढेको छ ।
उनको सोही व्यवसायलाई उनका तीन जना छोराहरू अलग–अलग तरिकाले साथ दिने भइसकेका छन् ।
तीनमध्ये माहिलो छोरा राहुल महतो बुवाको व्यवसायलाई आफूहरूले निरन्तरा दिने बताउँछन् । उनका अनुसार गुणस्तरीय खाना, सफाइ र समयमै सेवा प्रदान गर्नु नै श्रीतिरुपति क्याटरिङको मुख्य विशेषता हो ।
राहुल महतो आफ्ना दाजु र भाइसहित विराटनगरमा जारी विराट ट्रेड एक्स्पोको फुड कोर्टमा स्टल नं. १४ मा खटिरहेका छन् ।
एक्स्पो अवधिभर श्रीतिरुपति क्याटरिङको स्टलमा करिब २० जना जनशक्ति खटिएर ग्राहकलाई सेवा दिइरहेका छन् ।
शाकाहारी परिकारमा केन्द्रित उनीहरूको स्टलले एक्स्पोमा आएका आगन्तुकहरूको विशेष ध्यान तानेको छ ।
उनीहरूको स्टलमा परम्परागत तथा लोकप्रिय परिकार लिट्टी–चोखा प्रमुख आकर्षणको रूपमा रहेको छ ।
त्यसका साथै बम्बै पाउभाजी, सिक्किम मःम, रावडीसँगैको जुलेबी र मटका चियाको स्वाद पनि लिन पाइन्छ ।
चिया प्रति कप २५ रुपैयाँमा उपलब्ध छ भने अन्य परिकारहरू आइटमअनुसार १५० रुपैयाँसम्म मूल्य कायम गरेको महतोले बताए ।
एक्स्पोमा सहभागी भएर आफ्ना परिकार र नामलाई बजारसम्म थप चिनाउने अवसर मिलेको उनले बताए ।
View : 225
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved