विराटनगर । कोशी प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भागबन्डामा पाएको सार्वजनिक लेखा समितिको सभापति राजन किराँतीलाई उम्मेदवार बनाउने भएको छ ।
किरातीको नाममा लगभग सहमति भइसकेको माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले बताए ।
सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षले पाउने प्रचलन अनुसार किराँतीलाई माओवादीले सभापतिको उम्मेदवार बनाएको हो ।
किराँती उदयपुरको निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित भएका हुन् ।
प्रदेश सभा सचिवालयले समितिको सभापति पदमा उम्मेदवारी दिन बिहीबार बेलुका ५ बजेसम्मको समय तोकेर सूचना प्रकाशन गरिसकेको छ ।
सातवटा विषयगत समिति मध्ये नेकपा एमालेले ३ र नेपाली कांग्रेसले ३ वटा समितिको सभापति लिने टुंगो लागिसकेको छ ।
View : 289
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved