विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगरको २८ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष जीवन काफ्लेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक वर्ष २०८२/८३ मा कुल ८० करोड १७ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार गरेको जानकारी दिए ।
साे अवधिमा संस्थाले चार करोड ६० लाख ७८ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
संस्थाको आर्थिक स्थिति मजबुत रहेको उल्लेख गर्दै अध्यक्ष काफ्लेले संस्थाको कुल सम्पत्ति तथा दायित्व ६१ करोड ९५ लाख ३५ हजार रुपैयाँ पुगेको बताए ।
विवरण अनुसार संस्थाको सञ्चालन बचत १८ लाख ५८ हजार रुपैयाँ रहेको छ भने कुल निक्षेप संकलन ४८ करोड ६३ लाख २५ हजार २७० रुपैयाँ पुगेको छ ।
यसैगरी, असार मसान्तसम्ममा संस्थाको ऋण लगानी ३२ करोड ६७ लाख ८७ हजार ४६२ रुपैयाँ रहेको छ ।
संस्थाले राज्यको कर प्रणालीमा उल्लेखनीय योगदान पुर्याउँदै विभिन्न शीर्षकमा ५२ लाख ७६ हजार ९४६ रुपैयाँ राजस्व दाखिला गरेको छ ।
हाल संस्थामा कुल १ हजार ९०५ जना शेयर सदस्य आबद्ध छन्, जसमा महिला सदस्यको संख्या ८५२ छ ।
कार्यक्रमको अवसरमा संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न चारवटा विधाका पुरस्कार वितरण गरेको छ ।
सहकारीको कार्य तथा प्रवर्धनका साथै समाजमा विशिष्ट याेगदान योगदान पुर्याउने यसोदा अधिकारी, गोमा नेपाल,हेमसागर पोखरेल र केशव पोखरेललाई नगद, सम्मानपत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
साथै, संस्थाका ज्येष्ठ शेयर सदस्यहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो ।
सचिव ओम सुवेदीले संस्थाले शेयर सदस्यका सन्ततीलाई हाैसला प्रदान गर्न शैक्षिक सम्मान समेत गरिएकाे बताए ।
शेयर सदस्यकाे आर्थिक सामाजिक र साँस्कृतिक सुरक्षाा प्रदान गर्न संस्था लागि परेकाे बताए ।
कार्यक्रमका प्रमुख अतिथि काेशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले सहकारीहरूले समुदायको आर्थिक उत्थान र वित्तीय अनुशासनमा जोड दिनुपर्ने बताउँदै राष्ट्रसेवक सहकारीले हासिल गरेको वित्तीय प्रगति र पारदर्शिताको प्रशंसा गरे ।
View : 146
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved