विराटनगर । मोरङ बूढीगंगास्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनीको नवनिर्मित बैठक कक्षको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बुधबार उद्घाटन गरेका छन् ।
गत मंसिर २९ गते शिलान्यास भएको बैठक कक्ष ३५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सशस्त्र प्रहरी नायव उपरीक्षक हेमकुमार पौडेलले जानकारी दिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका अहम रहेको बताए ।
कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापामगरले सशस्त्र प्रहरीले जनतासँग नजिक भएर काम गरिरहेको भन्दै प्रशंसा गरे । गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) तीर्थराज थापाले स्थानीय पालिकाहरुको सहयोगमा छोटो समयमै बैठक कक्षको निर्माण सम्पन्न गर्न सफल भएको बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविन राजकर्णजितले बैठक कक्षको निर्माणले भारतीय सुरक्षा निकायका समकक्षीसँग बैठक गर्न सहज भएको बताए ।
View : 198
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved