विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारको कल्याणचोकमा मंगलबार दिउँसो भएको आगलागीमा तीनवटा घर जलेका छन् ।
स्थानीय शरण राई, सर्वधन राई र कालुमान राईको घर जलेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
प्रहरीका अनुसार सर्वधनको घरमा विजुली सर्ट भएर आगलागी सुरु भएको जनाइएको छ । आगलागीबाट तीनवटै घर पूर्ण रुपमा जलेका छन् ।
चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका र सप्तरीको कन्चनरुप नगरपालिकाको दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् ।
आगलागीबाट छिमेकका घरहरूमा समेत क्षति पुगेको जनाइएको छ । प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ ।
View : 262
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved