धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–२ छिन्ताङका युवा हरि कार्की एक महिना अघिदेखि वेपत्ता छन् ।
गुठिखेत घर भएका २७ बर्षीय कार्की गत असोज २७ गतेबाट परिवारसँग सम्पर्कविहीन भएका हुन् ।
परिवार स्रोतका अनुसार दशैंको टीकाको दिनसम्म उनी घरमै थिए । टीकाको भोलिपल्टबाट उनी बेपत्ता भएको हरिका दाजु रुद्रबहादुरले जानकारी दिए । ‘टीकाको भोलिपल्टबाट भाइ सम्पर्कमा छैन, कहाँ छ, के भयो केही अत्तोपत्तो छैन,’
दाजु रुद्रबहादुरले भने, ‘खोजतलासका लागि प्रहरीमा पनि निवेदन दिएको छ, प्रहरीले पनि पत्तो लगाउन सकेको छैन ।’
वैदेशिक रोजगारीका लागि कार्की यसअघि दुवई गएका थिए । एक वर्षअघि घर फर्किएका उनी त्यसयता गाउँमै बस्दै आएका थिए । अचानक उनी सम्पर्कविहीन भएका हुन् ।
आफन्त र जानसक्ने सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि उनको केही अत्तोपत्तो नलागेको दाजु रुद्रवहादुरले गुनासो गरे । उनको खोजीका लागि परिवारका सदस्यले सबैलाई हारगुहार गरिरहेका छन् ।
प्रहरीले पनि उनको खोजी गरिरहेको छ । तर पनि उनी हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
View : 200
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved