विराटनगर । इन्द्रेणी कला प्रतिष्ठानले विराटनगरको पूर्वी सीमा सिंगिया खोलाको पूर्वी किनारामा शनिबार वृक्षारोपण गरेको छ ।
कटहरी –१ जमटोकीस्थित स्वर्गद्वारी घाटको खाली जग्गामा सो वृक्षारोपण गरिएको हो । सो अवसरमा १०० बढी विरूवाहरू रोपिएको प्रतिष्ठानका सचिव राजन श्रेष्ठले जानकारी दिए ।
सो कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रामा मण्डल, उपाध्यक्ष बिनोद श्रेष्ठ, कलाकारहरू प्रवलदीप विश्वास, रतन आरण र शारदा आरण, स्वर्गद्वारी घाटका अध्यक्ष पुष्पराज माझी, कोषाध्यक्ष फरकलाल माझी, रामजानकी टोल विकास संस्थाका उपाध्यक्ष शिवकुमार राई लगायतको सहभागिता थियो ।
View : 198
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved