Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

बराहक्षेत्रमा एटीएम तोडफोड गर्ने पक्राउ

उद्‌घोष संवाददाता
२९ असोज २०८२, बुधवार

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बयरवनस्थित प्रभु बैंकको एटीएम मेसिन तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सोमबार अपरान्ह बराहक्षेत्र–१ खारखोलाका २७ वर्षीय सञ्जीव राईले एटीएम तोडफोड गर्दै गरेको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

View : 272

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved