Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

गणेश सहकारी साढे बाह्र लाख नाफामा

उद्घोष सम्वाददाता
२० कार्तिक २०८०, सोमवार

विराटनगर : गणेश बहुउद्देश्यीय सहकारी संस्था विराटनगरले २१औ साधारणसभा सम्पन्न गरेको छ ।  सो अवसरमा आव २०७९–८० को आर्थिक प्रतिवेदन पारित गरेको छ ।  सो अवसरमा संस्थाको कुल पुँजी १४     करोड ६२ लाख ५९ हजार  रुपैयाँमा  शेयर पुँजी २ करोड ४४ लाख ६६ हजार ७ सय , जगेडा कोष १ करोड ३० लाख ८२ हजार, बचत १० करोड ४३ लाख, भुक्तानी दिनुपर्ने रकम २० लाख ६२ हजार  अन्य दायित्व २३ लाख ४७ हजार  रुपैयाँ रहेको जानकारी दिइएको थियो ।

त्यसैगरी सम्पत्ति तथा जायदात हिसावतर्फ सम्पत्ति ३१ लाख ३० हजार, शेयर लगानी हिसाव ं९१ लाख ३० हजार, कर्जा लगानी १० करोड १५ हजार, नगद तथा वैंक हिसाव ३ करोड १४ लाख ६५ हजार र अन्य सम्पत्तितर्फ ७२ हजार ५४ रुपैयाँ रहेको संस्थाको व्यवस्थापक अर्जुन जोशीले जानकारी दिए ।

जोशीले प्रस्तुत गरेको गत वर्षको वार्षिक प्रतिवेदन विवरणमा  मुनाफा १२ लाख ५ हजार ५ सय  रुपैयाँ  छ । मुरारीप्रसाद ढकाल संयोजक रहेको आन्तरिक लेखा सुपरीवेक्षण समितिले सदस्य सख्या वृद्धि गर्नु पर्ने, शेयर सदस्यले अनिवार्य बचत गर्नुपर्ने लगायतका सुझाव दिएका थिए । 

कार्यक्रममा ८ जना जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गर्नुको साथै शेयर सदस्यका सन्तानहरु मध्येका उत्कृष्ट अंक ल्याउने कक्षा १२ तर्फ ३ं.५९ जीपीए  ल्याउने प्रवेश सुवेदी र मानसी कसजूलाई नगद २ हजार ५१ र एसईईतर्फ ३.२० जीपीए ल्याउने  निशान्त श्रेष्ठलाई नगद १ हजार ५५१ सहित सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष दिनेशकुमार जोशीले वर्तमान अवस्थामा सहकारीको अवस्था र त्यसवाट पर्न गएको असरको बारेमा आफ्नो धारणा राखेका थिए । संस्थाका उपाध्यक्ष शरद श्रेष्ठले गणेश सहकारीले वार्षिक साधारणसभा समयमै गर्ने राम्रो चलन बसाएको बताए ।

View : 207

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved