Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

मुक्तिनाथ बैंकका सीईओ मानन्धरद्वारा पदभार ग्रहण

उद्‌घोष संवाददाता
६ जेठ २०८३, बुधवार

Advertisement

विराटनगर । मुक्तिनाथ विकास बैंक लिमिटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) तारा मानन्धरले पदभार ग्रहण  गरेका छन् ।

बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानन्धरले विभिन्न वाणिज्य बैंकहरुको उच्चकार्यकारी भूमिकामा रहेर कार्य गरेको अनुभव र पछिल्लो समय डिस मेडिया नेटवर्कमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए ।

उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।

पदभार ग्रहणपछि नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मनन्धरले बैंकको दीर्घकालिन लक्ष्य, उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीहरुको उच्च मनोबल तथा सरोकारवालाहरुले राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै बैंकलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

View : 305

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved