Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

जीवन विकासको १४ प्रतिशत बोनस पारित

उद्घोष सम्वाददाता
१ माघ २०८०, सोमवार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सभाले शेयर धनीलाई वितरण गर्ने बोनस (लाभांश) सेयरको प्रस्ताव पारित गरेको छ ।

आइतबार संस्थाको पाँचौं साधारण सभाले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । आर्थिक वर्ष २०७९–८० को वितरणयोग्य मुनाफाबाट लघुवित्तले १४ प्रतिशत बोनस सेयर पारित गरेको र ०.७३६९ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । 

जीवन विकासको चुक्ता पूँजी एक अर्ब १८ करोड २० लाख ३४ हजार २ सय रुपैयाँको १४ प्रतिशत अर्थात १६ करोड  ५४ लाख ८४ लाख सात सय बराबरको बोनस शेयर वितरण गर्नेछ । बोनस सेयर प्रयोजनका लागि ८७ लाख १० हजार ४९८ रुपैयाा नगद लाभांश दिनेछ । लाभांश वितरणपछि संस्थाको चुक्ता पूँजी एक अर्ब ३४ करोड ७५ लाख १८ हजार ९सय  रुपैयाँ पुगेको छ ।

साधारणसभाले अन्य लघुवित्त संस्थासँगको मर्जर र प्राप्तीका लागि आवश्यक कार्य गर्नका लागि सञ्चालन समितिलाई अधिकार दिने निर्णय पनि गरेको छ । 

यसअघि लघुवित्तको साधारणसभाको उद्घाटन गर्दै सांसद योगेन्द्र मण्डलले लघुवित्तलाई  बचाउनुपर्ने अवस्था आएको बताए । पछिल्लो समयमा लघुवित्तको विरुद्ध विभिन्न अभियान चलिरहेको बताउँदै उनले यस्तो समयमा सदस्य केन्द्रित सेवा प्रदान गरेर लघुवित्तलाई जोगाउनु पर्ने बताए ।

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलका अनुसार २४ जिल्लामा फैलिएको लघुविक्तमा ३ लाख ४ हजार सत्रिय सदस्य छन् । ती सदस्यको १० अर्ब ३ करोड १८ लाख निक्षेप लघुवित्तमा छ । २२ अर्ब ३७ करोड  १७ लाख कर्जा प्रवाह गरेको लघुवित्तले आर्थिक वर्ष २०७९–८० मा ३४ करोड २० लाख खुद मुनाफा गरेको उनले जानकारी दिए ।

View : 149

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved