Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

एक्स्पोका सामान ढुवानी गर्ने डिजिटल एप्लिकेशन लोडबोड

उद्‌घोष संवाददाता
१६ पुष २०८२, बुधवार

विराटनगर । विराटनगर–१ शान्तिचोकमा जारी विराट ट्रेड एक्स्पो वस्तु उत्पादनको प्रदर्शनी तथा प्रवद्र्धनमा मात्र सीमित नरही सूचना प्रविधिको प्रवद्र्धन र नवप्रवर्तनको सेतु पनि बनेको छ ।

एक्स्पोमा परम्परागत उद्योग, व्यापारिक ब्रान्ड र उपभोक्ता सामग्रीसँगै सूचना प्रविधि क्षेत्रका कम्पनीहरूको लहरमा लोडबोड नामको एप्लिकेसन पनि उपस्थित छ ।

एक्स्पोको हल २ को स्टल नं. ८५ मा लोडबोडजस्ता मोबाइल तथा वेब एप्लिकेसन निर्माण गर्ने सूचना प्रविधि कम्पनीहरू पनि जोडिएका हुन् । 

आफ्ना सेवा र सुविधाका बारे सार्वजनिक जानकारी दिन स्टलमा भेटिएका कम्पनीका क्षेत्रीय प्रबन्धक असीम राउत एप्लिकेसनले गर्ने कामका बारे मानिसहरूलाई बताइरहेका थिए ।

उनका अनुसार, लोेडबोड एप्लिकेसन एउटा यस्तो डिजिटल उत्पादन हो, जहाँ सामान ढुवानी गर्ने व्यक्ति वा संस्था जोडिन सक्छन् ।

मानौ कुनै १० टन सामान विराटनगरबाट हेटौंडा पठाउनु छ भने यो एप्लिकेसनमा सूचना छाडे ढुवानीकर्ता आफैं कतिमा ढुवानी गर्ने हो भनेर खोज्दै आइपुग्छन् । त्यसैले यो एप्लिकेसन ढुवानी गर्ने र ढुवानीकर्ताको एउटा डिजिटल प्लेटफर्म भएको राउत बताउँछन् ।

यो एप्लिकेसनबाट व्यवसायी, मालवाहक सवारीसाधन धनी, चालक, सहचालक तथा सरकारले समेत लाभ लिन सक्ने उनले बताए । 

दुई वर्षअघि स्थापना गरिएको यो एपमा ठूलो संख्यामा ढुवानीकर्ताहरू जोडिएको उनले बताए ।

View : 187

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved