विराटनगर । नेपाल राष्ट्रिय शिक्षक संगठनको दोस्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा ताप्लेजुङका महेन्द्रप्रसाद गौतम चयन भएका छन् ।
अधिवेशनले गौतमको अध्यक्षतामा ३८ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको जनाइएको छ । शुक्रबारदेखि विराटनगरमा सुरु भएको कोशी प्रदेश अधिवेशन शनिबार सम्पन्न भएको हो ।
तीन उपाध्यक्षहरूमा संखुवासभाका गोविन्दमान तामाङ, झापाकी अम्बिका खवास बास्तोला र खोटाङका कुमार पराजुली चयन भएका छन् ।
उदयपुरका दिलबहादुर फुयाल महासचिव, इलामका गंगा तिम्सिना सचिव, सुनसरीका प्रभुनारायण चौधरी कोषाध्यक्ष र भोजपुरकी करिष्मा श्रेष्ठ सह–कोषाध्यक्ष चयन भएका हुन् ।
सदस्यहरूमा भूगोलतर्फ १४ जिल्लाबाट एक–एकजना, महिलातर्फ ५ जना, समावेशीमा ३ जना खुल्ला सदस्य ६ जना चयन भएका हुन् ।
त्यसैगरी ३ सदस्यीय लेखा समिति समेत चयन भएको जनाइएको छ । अधिवेशनले राष्ट्रिय महाधिवेशन प्रतिनिधि दुई जना चयन गरेको जनाइएको छ ।
अधिवेशनले शिक्षकहरूको हकहितका विषयहरू समेट्दै ४६ बुँदे विराटनगर घोषणापत्र समेत जारी गरेको छ ।
View : 352
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved