विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट स्कुलबाट २०८२ सालको कक्षा १२ को परिक्षामा शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । उच्च माध्यामिक शिक्षा परिषदले सार्वजनिक गरेको परिक्षाफल अनुसार एभरेष्टको शतप्रतिशत नतिजा आएको जनाइएको छ ।
एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीका अनुसार १३२ जना विद्यार्थीले कक्षा १२ को परिक्षा दिएका थिए । शैक्षिक गुणस्तरमा अब्बल मानिएको एभरेष्टले हरेक परिक्षाहरूमा उत्कृष्ट नतिजा ल्याउने गरेको भन्दै प्रिन्सिपल पुरीले त्यसकै निरन्तरता भएको बताए ।
२०७५ सालमै नेपालकै उत्कृष्ट विद्यालय भएर शिल्ड, प्रमाणपत्र र नगदसहित पुरस्कृत भएको स्मरण गर्दै उनले एभरेष्टको नतिजा सबै विद्यार्थीको समान जस्तै हुने बताए । उनले भने, ‘हामीले विद्यार्थीको शैक्षिक विकासको लागि उस्तै मेहनत गर्छौं, त्यसैले सबै राम्रो अंकका साथ उत्तिर्ण हुँदै आएका छन् ।’
विद्यार्थीहरू नेहा मण्डल ३.९१, राजुकमार साह ३.९०, प्रश्ना श्रेष्ठ ३.८८ र आकाश श्रेष्ठले ३.८६ जीपिए ल्याएर उत्तिर्ण भएका छन् । स्कुलका प्रशासन प्रमुख रक्की यादवका अनुसार ५७ जना ‘ए प्लस’ ल्याएर उत्तिर्ण हुँदा ६६ जना ‘ए’ ल्याएका छन् । ‘बी प्लस’ ल्याएर ९ जना उत्तिर्ण भएका छन् ।
एभरेष्ट स्कुलले यसै शैक्षिक सत्रदेखि बीआईटीको समेत अध्यापन सुरु गरेको छ । काठमाडौं विश्वविद्यालयको सम्बन्धन पाएको एभरेष्टले बीआईटीका लागि आवेदन खुला भइसकेको जानकारी दिएको हो ।
समयमा कोर्ष पुरा गर्ने, समयमा परिक्षा लिने र समयमै परिक्षाफल प्रकाशन गर्ने विश्वविद्यालयका रुपमा परिचित काठमाडौं विश्वविद्यालयको बीआईटी एभरेष्टमा सुरु भएको जनाइएको छ । बीआईटीको लागि काठमाडौं विश्वविद्यालयको वेवसाइटमा गएर अनलाइन आवेदन दिन सकिने जनाएको छ ।
View : 27
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved