Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

भट्टराई समाजले गर्यो सभा

उद्‌घोष संवाददाता
२१ मंसिर २०८२, आइतवार

विराटनगर । भट्टराई सेवा समाजले २५ औं वार्षिक साधारणसभा गरेको छ । सो संस्थाले आफ्नो कार्यालय रहेको कटहरी गाउँपालिका–१ स्थित वशिष्ठग्राम परिसरमा विविध कार्यक्रम आयोजना गर्दै आफ्नो साधारणसभा गरेको हो । साधारण सभामा संस्थाका अध्यक्ष विश्वरमण भट्टराईले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । 

कार्यक्रममा सहअध्यक्ष तारानाथ भट्टराईले कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्णराज भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । 

साधारणमा विशिष्ठ योगदान गर्ने ११ जनालाई सम्मानसमेत गरिएको वरिष्ठ उपाध्यक्ष शिरोमणि भट्टराईले जानकारी दिए । 

सो क्रममा उच्च अंक ल्याई परीक्षा उत्तीर्ण हुने ८ जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । 

यस्तै पण्डित माधवप्रसाद काफ्ले र संस्थाको मन्दिरमा दैनिक पूजाअर्चना गर्ने पण्डित सूर्यप्रसाद रेग्मी तथा २ महिला र १ पुरूष गरी ३ जना ज्येष्ठ नागरीहरूलाई समेत सम्मान गरिएको जनाइएको छ । 

सो कार्यक्रमका कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी र संस्थाका अध्यक्ष विश्वरमण भट्टराईले उनीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरे । 

विक्रम सम्बत २०५७ सालमा स्थापना भएको भट्टराई सेवा समाजमा हाल ४ सय ५० बढी सदस्य आबद्ध छन् । सो संस्थाको कटहरी गाउँपालिका–१ मा १७ कट्ठा ५ धुर जग्गा र आफ्नै भवनसमेत छ ।

View : 218

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved