विराटनगर । नेपालमा विद्युतीय तार, केबल तथा कन्डक्टर जस्ता विद्युतीय सामग्रीहरुको अग्रणी उत्पादक कम्पनी लिट्मस इन्डस्ट्रिज लिमिटेड र नेपालको पहिलो घरेलु निजी इक्विटी फन्ड अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानीमा सहकार्य गर्ने रणनैतिक साझेदारी भएको छ ।
नवलपरासी जिल्लामा अत्याधुनिक उद्योग स्थापना गरेर आˆनो क्षमता विस्तार गर्ने योजनामा रहेको लिट्मस इन्डस्ट्रिजका लागि यो लगानी सम्झौता महत्वपूर्ण कोसेढुंगा साबित हुने जनाइएको छ ।
अवसर इक्विटीसँगको सहकार्यले लिट्मस इन्डस्ट्रिजको उत्पादन क्षमतामा वृद्धि गर्नुका साथै कम्पनीको सञ्चालनलाई सुव्यवस्थित बनाउँदै बजार उपस्थितिलाई थप मजबुत बनाउने जनाइएको छ । यसका साथै उक्त लगानीले कम्पनीलाई नवप्रवर्द्धन र उत्कृष्टताप्रतिको प्रतिबद्धता कायम राख्दै ग्राहकको बढ्दो माग पूरा गर्न अझ सक्षम र सुदृढ बनाउने दाबी गरिएको छ । लिट्मस इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक रोहित गुप्ताले साझेदारीप्रति उत्साह प्रकट गरेका छन् ।
‘हाम्रो दूरदृष्टि र क्षमतामाथि अवसर इक्विटीको विश्वास हाम्रो समूह र कम्पनीको कडा परिश्रम र समर्पणको नतिजा हो, यो साझेदारीले हामीलाई हाम्रो सञ्चालन विस्तार गर्न, द्रुत गतिमा अत्याधुनिकीकरण गर्न र अन्ततः हाम्रा ग्राहकहरूलाई अझ गुणस्तरीय वस्तु र सेवा प्रदान गर्न साथै हाम्रा सरोकारवालाहरूमा कम्पनीको कुशलता र उत्कृष्टताको छापलाई अझ परिष्कृत बनाउन सक्षम बनाउनेछ’ उनले भने, ‘हामीले लिट्मस इन्डस्ट्रिजमा गरेको यो लगानी, आफु संलग्न उद्योगको नेतृत्व गर्नसक्ने र यथास्थितलाई बदल्दै नवप्रवर्तन मार्फत बजारको मागलाई सम्बोधन गर्नसक्ने, उच्च सम्भावना बोकेका अग्रणी कम्पनीहरूलाई सहयोग गर्ने हाम्रो प्रतिबद्धताको एउटा ज्वलन्त उदाहरण हो ।’
अवसर इक्विटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत र अवसर इक्विटी डाइभर्सिफाइड फण्डका लागि कोष प्रबन्धक ध्रुव तिमिल्सिनाले लिट्मस इन्डस्ट्रिजसाग नजिकबाट सहकार्य गर्न र सफलतामा योगदान पुर्याउन पाउादा अत्यन्त उत्साहित भएको बताए ।
लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालको अग्रणी तार, केबल तथा कन्डक्टर उत्पादक पब्लिक कम्पनी हो । सन् २०१४ देखि रमेश कर्पोरेसनको छातामुनि रहेको लिट्मसले देशको विद्युतीकरण र औद्योगिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको दाबी गरेको छ ।
नेपाल सरकारद्वारा जलविद्युत विकासका लागि राखेको दूरदृष्टि र कोरेका योजना र प्राथमिकताहरूसाग एकाकार हुादै लिट्मस इन्डिस्ट्रिजले जलविद्युत प्रसारण र वितरणका लागि चाहिने अन्तर्राष्ट्रिय गुणस्तरका केबल तथा कन्डक्टर उत्पादन र आपूर्ति गर्दै जलविद्युत संरचना विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
अवसर इक्विटी डाइभर्सिफाइड फण्ड नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दर्ता भएको ४.५६ अर्बको क्लोज एन्डेड सेक्टर एग्नोस्टिक निजी इक्विटी फन्ड हो । यो कोषले नेपालको आर्थिक वृद्धि र विकासलाई अघि बढाउने नयाँ र प्रभावकारी परियोजनाहरूलाई समर्थन गर्दै उच्च सम्भावना भएका कम्पनीहरूसँग साझेदारी गरी विभिन्न क्षेत्र र कम्पनीहरूमा लगानी गर्दै आएको जनाइएको छ ।
View : 116
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved