Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

बिहिबारको मौसमः

कोशी र मधेसमा आंशिक बदलीपछि हल्का वर्षाको सम्भावना, विराटनगरमा भयो फाट्टफुट्ट वर्षा

उद्घोष सम्वाददाता
१० फागुन २०८०, बिहिवार

सांकेतिक तस्वीर ।

विराटनगर । देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पर्दा बिहिबार विहानैदेखि देशभर आंशिकदेखि सामान्यतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागको केही स्थानमा तथा मुलुकका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । 

कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ । बदलीका कारण विराटनगरमा बिहिबार विहान फाट्टफुट्ट वर्षा भएको छ ।

देशका उच्च पहाडी तथा हिमाली हिमाली क्षेत्रका  केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । 

आज काठमाडौँको अधिकतम तापक्रम २१ दशमलव पाँच र न्यूनतम तापक्रम नौ दशमलव तीन डिग्री सेल्सियस रहने छ ।

View : 140

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved