Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

ड्रागन खेतीबाट मनग्ये आम्दानी

उद्घोष सम्वाददाता
४ मंसिर २०८१, मङ्गलवार

रंगेली । रंगेली नगरपालिका–१ स्थित जय श्रीराम एग्रो फार्म प्रालिले दुई बिघा १० कट्ठा जमिनमा ड्रागन खेती गरेर मनग्ये आम्दानी गर्न थालेको छ । 

तीन वर्ष अगाडिबाट एग्रो फार्मले ड्रागन खेती थालेको हो । एक हजार ५ सय पोलमा करिब ६ हजार बिरुवा रोपेर उत्पादन सुरु गरिएको फार्मका सञ्चालक तिर्थराज घिमिरेले बताए । एक पोल बराबर चारवटा बिरुवा खपत हुने गरेको छ ।

घिमिरेले यस वर्ष चार हजार पाँच सय केजी डा«गन फ्रुट उत्पादन गरेर उपभोक्ता माझ पु¥याइएको जानकारी दिए । उनका अनुसार हालसम्म थोक व्यापारीलाई भने ड्रागन गन फ्रुट्स बिक्री गरिएको छैन ।

यहाँ उत्पादित ड्रागन फ्रुट्स मोरङको बेलबारी, इटहरी, विराटनगर, उर्लाबारी, पथरीलगायतका स्थानहरूबाट उपभोक्ताहरू आफै आएर लैजाने गरेका छन् । यहाँ उत्पादित डा«गन फ्रुट्स तीन वर्गमा विभाजन गरिएको छ ।

उत्कृष्टलाई प्रति केजी तीन सय, मध्यम प्रति केजी दुई सय र साना साइजका प्रति केजी एक सयका दरले फारमबाटै बिक्री हुँदै आएको उनले जानकारी दिए । एक हजार पाँच सय पोलमा १० लाख ५० हजार लगानी भएको उनले बताए ।

एउटा पोलले १५ वर्षसम्म उत्पादन दिन सक्षम हुने उनले तालिममा जानकारी पाएको बताए ।

फाराममा माछा, केराखेती, धान, मकै खेती, उन्नत जातका खसीबोका हाँस कुखुरा पनि उत्पादन गरेर आम उपभोक्ता माझ पुरयाउने गरिएको घिमिरेको भनाइ छ ।

View : 63

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved