Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेस सभापति गगन थापा उठेको सर्लाही-४ सहित चार वटै निर्वाचन क्षेत्रमा रास्वपा निक्कै अगाडि

उद्‌घोष संवाददाता
२३ फागुन २०८२, शनिवार

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु भारी मतान्तरसहित अगाडि बढेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयहरुका अनुसार कांग्रेस सभापति गगन कुमार थापा उम्मेदवार रहेको सर्लाही क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंह ४ हजार ४३१ मतले अगाडि छन् ।

सिंहले ११ हजार ३८३ मत ल्याउँदा थापाले ६ हजार ९५२ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं ३ मा रास्वपाकै उम्मेदवार नरेन्द्र साह कलवार २० हजार २७८ मतसहित अग्रस्थानमा रहेका छन् ।

उनलाई नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठले ६ हजार ७४२ मतका साथ पछ्याइरहेका छन् । 

क्षेत्र नं २ मा रास्वपा उम्मेदवार रबिन महतो २८ हजार ९९१ मतसहित अगाडि छन् । उनका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका महिन्द्रराय यादवले ६ हजार ७५ मत ल्याएका छन् ।

सर्लाही १ मा रास्वपाका उम्मेदवार नितिमा भण्डारी (कार्की) ले २४ हजार १८६ मतका साथ अग्रता कायम गरेका छन् । प्रतिस्पर्धी कांग्रेसका शम्भुलाल श्रेष्ठले ३ हजार ६३४ र नेपाल कम्युनिष्ट पार्टी एमालेका मनोजकुमार देवकोटाले ३ हजार ३३७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

View : 52

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved