विराटनगर । विराटनगरमा अग्र्यानिक खाद्यवस्तुको पसल संचालन गरेर व्यवसायिक सफलता प्राप्त गर्दै गएका युवा उद्यमी अविशेक गौतम विराट ब्यापार संघको सदस्यमा मनोनित भएका छन् ।
उनले मनोनित भएसँगै युवा उद्यम उपसमितिको अध्यक्षको समेत जिम्मेवारी प्राप्त गरेका हुन् ।
संघका अध्यक्ष अन्सु बन्जराले गौतमलाई कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् ।
मनोनित भएका गौतमले आफ्नो भरपुर क्षमता र दक्षताले भ्याएसम्म युवा उद्यमशिलताको विकासमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।
साथै उनले उद्यमी वर्गको एकता र हितका लागि आफुले सकेको योगदान गर्ने बताएका छन् ।
View : 555
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved