Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

अरनिकोमा नयाँ विद्यार्थीसँग अन्तरक्रिया

उद्घोष सम्वाददाता
४ साउन २०८१, शुक्रवार

विराटनगर । विराटनगर–१० स्थित अरनिको कलेजले कक्षा ११ मा भर्ना भएको २६ औं व्याचका  नयाँ विद्यार्थीसँग अन्तक्रिया गरेको छ । सो कलेजमा यस वर्ष  कक्षा ११ मा १ हजार १ सय ५१ जना  नयाँ विद्यार्थी भर्ना भएको बताइएको छ ।

कार्यक्रममा कलेजले लिएको कक्षा ११ को तेस्रो त्रैमासिक परीक्षा र कक्षा ११ मा भर्नाका लागि लिएको प्रवेश परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको थियो ।  एसईईमा ४ जीपीए ल्याउने अन्वेशा बस्नेत, गृष्मा लुइटेल, प्रतिझा रौनियार, सुब्रत बराल, कृतज्ञ दाहाल र अजय लिम्बूलाई समेत सम्मान गरिएको छ ।

अन्तरक्रिया कार्यत्रममा  कलेजका अध्यक्ष लक्ष्मी अधिकारी, प्राचार्य राजेश कार्की, एस्पायर कलेजका प्राचार्य सीएम बस्नेत, कलेजका सञ्चालक उपेन्द्र विलास लुइटेल, कार्यक्रम संयोजक विकाश खनाल र सञ्चालक भरतराज दाहाललगायतले कलेजको शैक्षिक गतिविधि बारे नयाँ विद्यार्थीलाई जानकारी दिएका थिए । कलेजमा विज्ञान संकाय, होटेल व्यवस्थापन र व्यवस्थाजन संकायमा अध्यापन भइरहेको कजेजले जनाएको छ ।

यसैगरी विराटनगर–९ मा रहेको भानु  कलेजमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । कलेजमा विज्ञान संकाय १ सय ९९ र व्यवस्थापन संकायमा १ सय ७१ जना  नयाँ विद्यार्थी भर्ना भएको कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

View : 111

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved