विराटनगर । शान्ति र विकासका लागि विश्व विज्ञान दिवसको अवसर पारेर विराटनगरस्थित शिक्षादीप कलेजका विद्यार्थीहरूले निबन्ध लेखेका छन् । प्रतियोगितात्मक निबन्ध लेखनमा विज्ञान संकायतर्फका ६७ जना विद्यार्थीहरूले सहभागिता जनाएका हुन् ।
‘सामञ्जस्यताको लागि नवप्रवर्तन, शान्तिको लागि खोज’ शीर्षकमा विद्यार्थीहरूबीच निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए ।
कलेजले उक्त दिवसको अवसरमा हरेक बर्ष विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ । यस बर्ष विद्यार्थीहरूलाई कलेजमै प्रत्यक्ष सहभागी गराएर प्रतियोगितात्मक निबन्ध लेखन सम्पन्न भएको हो ।
जसका माध्यमबाट विद्यार्थीहरूबीच ज्ञानको बृद्धि हुने र लुकेको प्रतिभा प्रस्फुटनमा समेत मद्दत गर्ने कलेजका निर्देशक रामचन्द्र अधिकारीले बताए । विश्वमा शान्तिको आवश्यकता र महत्वलाई स्थापित गराउन, नवप्रवर्तन र आविष्कारले मानव–मानव बीचको सम्बन्धबारे बुझ्नका लागि निबन्ध प्रतियोगिता उपलब्धिमूलक भएको बताए ।
कलेजका अर्का निर्देशक भुपेन्द्र दाहालले कार्यक्रमका माध्यमबाट विद्यार्थीहरूको बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताए । उनले प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई छुट्टै कार्यक्रम आयोजना गरी पुरस्कृत गरिने जानकारी दिए ।
View : 219
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved