Biratnagar, Morang, Nepal
६ वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

ग्रीनल्याण्डका साढे ६ सय विद्यार्थीको विदाई

उद्‌घोष सम्वाददाता
२९ चैत २०८१, शुक्रवार

विराटनगर । विराटनगरको अग्रणी शैक्षिक संस्थाको स्थान बनाएको ग्रीनल्याण्ड सेकेण्डरी स्कुलले कक्षा १२ मा अध्ययनरत साढे ६ सय विद्यार्थीको विदाई गरेको छ । 

शुक्रबार विराटनगरस्थित होटल मनास्लु इनमा भव्य कार्यक्रमका बिच कक्षा १२ का विद्यार्थीहरूको विदाई गरिएको हो ।

विद्यालयका संचालक समितिका अध्यक्ष रविन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल दिनेश दाहाल लगायत विद्यालयका शिक्षक शिक्षिकाहरूले कक्षा १२ को प्रि–बोर्ड परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई सम्मानित गरेका थिए ।

प्रिन्सिपल दाहालले ११ औं ब्याचका ६५० जना विद्यार्थीहरूलाई कक्षा ११ का विद्यार्थीहरू समेतको सहयोगमा विद्यालयले विदाई गरेको जानकारी दिए । ग्रीनल्याण्डमा विज्ञान र बाणिज्य संकायको उत्कृष्ट अध्ययन अध्यापन हुँदै आएको विद्यालयले जनाएको छ ।

उक्त अवसरमा कक्षा ११ का विद्यार्थीहरूले स्वागत नृत्यसहित विभिन्न गीतमा नृत्य तथा गीत गाएर मनोरञ्जन दिलाएका थिए ।

View : 170

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved