Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसका सन्दर्भमा ‘वाकाथोन’

उद्‌घोष संवाददाता
१६ भदौ २०८१, आइतवार

Advertisement

काठमाडौँ, १६ भदौ । दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको सन्दर्भमा आज काठमाडौँमा ‘वाकाथोन’ आयोजना गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले आयोजना गरेको वाकाथोन नक्साल, दरबारमार्ग, केशरमहल, नारायणहिटी हुँदै पुनः प्रहरी प्रधान कार्यालय पुगेर समापन समारोहमा परिणात भएको थियो ।

समारोहमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विश्वमा हाल सङ्गठित र सङ्क्रमणकालीन अपराध चुनौतिका रूपमा देखापरिरहेको जनाउँदै त्यस्ता अपराधविरूद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । “विभिन्न देशमा हुने सङ्गठित अपराध एक पक्षीय प्रयासले मात्र नियन्त्रण गर्न सकिदैन”, उनले भने, “यसका लागि सबै राष्ट्रबीच आपसी सहयोग, सूचनाको आदान प्रदान एवम् समन्वय हुनुपर्छ ।”
 
इन्टरपोल स्थापना दिवसका अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसका रूपमा मनाउने घोषणा गरिएअनुरूप यसवर्ष पनि विविध कार्यक्रम आयोजना गरी दिवस मनाइँदै छ ।

वाकाथोनमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक, नेपाली सेनाका सहायक रथी, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतलगायतको सहभागिता थियो ।  रासस

View : 252

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved