विराटनगर । उमेर हदका कारण अनिवार्य अवकाश पाएका विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको आइतबार बिदाइ गरिएको छ ।
कार्यक्रममा मेयर नागेश कोइरालाले अविर, टीका र खादा लगाएर पराजुलीलाई मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का बासुबहादुर बस्नेत, ५ का सन्तोष न्यौपाने, ८ का राम पोखरेल, ९ का विश्वनाथ भगत, ११ का तीर्थेन्द्र नेउपाने, १४ सूर्यनारायण महतो, १६ का उद्धव भुजेल, १९ का श्याम घिमिरे, निमित्त प्रमुख प्रशासकीय अधिकृत राप्रसाद ढुंगेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायत विभिन्न महाशाखा र शाखा प्रमुखहरूले खादा, माला र अविर लगाएर बिदाइ गरेका थिए ।
मोरङको साविक हसन्दह स्थायी घर भएका पराजुली लेखापालबाट सरकारी सेवा प्रवेश गरी सहसचिवबाट अवकाश भएका हुन् ।
View : 464
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved