विराटनगर । सुनसरी र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइन र औषधिसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट कोशी गाउँपालिका–१लौकहीमा खटिएको प्रहरी टोलीले सोही स्थानका ३८ वर्षीय सत्यनारायण यादवको घरबाट २४ ग्राम ४ सय २० मिलिग्राम खैरो हेरोइन, फेनारगनसहित ४ सय ७२ ट्याब्लेट र बिभिन्न कम्पनीको मोबाइल ४ थान बरामद गरेको छ । लागुऔषध बेचबिखनमा संलग्न भारत बिहारका २० बर्षीय मोहम्मद अकबर आलमलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी उदयपुरको कटारी नगरपालिका–४ बाट ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले स १०प १६१४नम्बरको मोटरसाइकल रोकी जाँचगर्दा चालक कटारी–८का २०बर्षीय रुद्र तामाङले झोलाभित्र लुकाईछिपाई ल्याउँदै गरेको प्रतिबन्धित औषधि फेला पारी पक्राउ गरेको हो ।
यस्तै प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले चौडण्डीगढी नगरपालिका– १ का २६बर्षीय योगेन्द्र खत्रीलाई जाँच गर्दा उनको साथबाट खैरो हेरोइन ८ सय २० मिलिग्राम, चरेस ४ ग्राम १ सय ९० मिलिग्राम र ईस्पास्मो १५ट्याबलेट फेला पारी पक्राउ गरेको हो ।
View : 140
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved