Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

चाडपर्वमा अवाञ्छित गतिबिधि रोक्न प्रशासनको निर्देशन

उद्‌घोष सम्वाददाता
१० असोज २०८१, बिहिवार

इनरूवा । चार्डपर्वको समयमा उपभोग्य बस्तुहरुको सहज आपूर्ति र यातायात व्यवस्थापन चुस्त दुरुस्त पार्न जिल्ला प्रशासन कार्यलय सुनसरीले माताहतका निकायलाई निर्देशन दिएको छ ।

सुनसरी प्रशासनमा बुधबार भएको सर्वपक्षीय बैठकमा सरोकारबालाहरुलाई चार्डपर्वको समयमा उपभोग्य बस्तुहरुको सहज आपूर्ति, यातायात व्यवस्थापन र शान्ति सुरक्षा कायम राख्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । बैठकले नियमित अवस्थामा जस्तै बस्तु तथा सेवाको प्रभावकारी आपूर्ति व्यस्थापन मिलाउने, कृत्रिम अभाव नियन्त्रण गर्ने र गैरकानूनी कार्य गर्नेलाई कानूनबमोजिम कारवाही गर्ने निणर्य गरेको छ । 

त्यसैगरी बजारमा दैनिक खाद्यान्न आपूर्तिमा केही समस्या/गुनासो नहोस भनी सरोकारवाला सम्पूर्ण निकायबाट नियमित अनुगमन गर्न स्थानीय तहहरुसँग समन्वय गर्ने निर्णय गरेको छ । 

बैठकमा दशैं, तिहर, छठ लगायतका चाडपर्वहरुहरुका समयमा सवारीधनीले यात्रुसँग बढी पैसा असुल गर्ने, दुर्व्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रुहरु सवार गराउने, अत्यधिक गतिमा सवारी साधन चलाउने जस्ता गतिविधिहरु हुने सम्भावना रहेकोले उक्त गतिविधि नियन्त्रण एवं नियमनका लागि सबै क्षेत्रबाट आवश्यक समन्वय तथा सहकार्य गर्ने प्रतिबद्धता समेत जनाइएको छ ।

दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, राजमार्गमा हुन सक्ने चोरी, लुटपाट, डकैती तथा ठगीजस्ता कुनै पनि अवाञ्छित काम हुन नदिन प्रहरीले नियमित चेकजाँच गर्ने प्रजिअ तिवारीले जानकारी दिए । 

View : 110

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved