Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले घट्यो

उद्घोष सम्वाददाता
११ कार्तिक २०८१, आइतवार

काठमाडौँ, ११ कात्तिक । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले ओरालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ओरालो लागेर दुई हजार छ सय १६ दशमलव ९५ मा सीमित भएको छ । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ४५ अङ्कले ओरालो लागेर चार सय ६९ दशमलव ८० मा सीमित भएको छ । 

कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य उकालो लाग्दा आठ उपसमूहको भने शेयर मूल्यमा गिरावट भएको छ । 

कूल एक करोड ११ लाख ३४ हजार एक सय ७८ कित्ता शेयर चार अर्ब ७३ करोड २४ लाख ८७ हजार आठ सय ६४ मूल्यमा कारोबार भएको छ । 

नेप्सेका अनुसार लाइफ इन्स्योरेन्स, रिभर फल्स पावर, माई खोला हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । 

समृद्धि फाइनान्स नौ दशमलव ९९ र कालिञ्चोक दर्शनका लगानीकर्ताले नौ दशमलव ७७ प्रतिशतले कमाएका छन् । 

त्यस्तै, नेपाल एसबिआई बैंक छ दशमलव ७९, प्राइम बैंक चार दशमलव १७, रावा इनर्जी चार दशमलव शून्य तीन, आइसिएफसी फाइनान्स तीन दशमलव ८३ र ज्योति विकास बैंकको ऋणपत्रका लगानीकर्ताले तीन दशमलव ६७ प्रतिशतले गुमाएका छन् । रासस

View : 82

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved