Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

काठमाडौं विश्वविद्यालय र एभरेष्ट स्कुलबीच समझदारी

उद्‌घोष संवाददाता
२३ साउन २०८२, शुक्रवार

विराटनगर । अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ अघि बढेको विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुल र काठमाडौं विश्वविद्यालय (केयू) बीच बुधबार समझदारी भएको छ । 

यो समझदारीसंगै केयूले एभरेष्ट स्कुलका सबै पक्षको आधारभूत सर्भेक्षण गरी आवश्यकताका आधारमा शिक्षकहरुलाई ‘क्रेडिट आवर’को हिसाबले तालिम प्रदान गर्ने छ । 

उक्त तालिम पश्चात शिक्षकहरुले सोही अनुसारको डिग्रीसमेत प्राप्त गर्ने एभरेष्टका प्राचार्य टीकाराम पुरीले बताए ।

विश्वस्तरीय शिक्षा दिंदै सोही अनुरुपका जनशक्ति उत्पादन गर्नका लागि केयूस“गको सहकार्य अत्यन्तै फलदायी हुने विश्वास ब्यक्त गर्दै उनले केयूले शिक्षक तथा विद्यार्थीहरुको स्तर र मागका सम्बन्धमा त्यस्तै अभिभावकहरुको चाहना र विद्यालय प्रशासनको आवश्यकतालाई आधार मानेर सर्भेक्षण गर्ने छ ।

त्यसपछि आवश्यकता आधारमा सोही अनुसारको तालिम प्रदान गर्ने एभरेष्टले जनाएको छ ।

बुधबार समझदारी पत्रमा एभरेष्टका तर्फबाट प्राचार्य पुरी र केयूका तर्फबाट डिन प्राडा बालचन्द्र लुइटेलले हस्ताक्षर गरेका छन् ।

केयूसँगको समझदारीस“गै विद्यालयका करिब ६० जना शिक्षकहरुको अध्यापन क्षमतामा थप विकास हुने र उनीहरुले शैक्षिक उपलब्धिसमेत हासिल गर्ने वातावरण तयार भएको प्राचार्य पुरीले बताए ।

एभरेष्टले कम्प्युटर शिक्षाका लागि बेलायतको कोर्ष डीजी स्कुल, आविस्कार तथा अन्वेषणका लागि कारखाना, विद्यार्थीलाई खुसी राख्न ह्याप्पीनेस करिकुलम, माई सेकेण्ड टिचर, रातो बंगला फाउन्डेसनलगायतका संस्थाहरुस“ग सहकार्य गर्दै सफल भएका अभ्यासहरूलाई अवलम्बन गर्दै आएको छ ।

View : 437

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved