Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

कोशीमा संविधान दिवस मनाउन ५०१ सदस्यीय मूल समिति गठन

उद्घोष सम्वाददाता
१२ भदौ २०८१, बुधवार

विराटनगर । कोशी प्रदेश सरकारले यस पटकको संविधान दिवस भव्यरूपमा मनाउन आवश्यक तयारी सुरु गरेको छ । दिवसका लागि ५०१ सदस्यीय मूल समारोह समिति गठन गर्ने घोषणा गरेको हो ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको तयारीसम्बन्धी बैठकले दिवस मनाउनका लागि मूल समिति गठन गरेको जनाइएको छ ।

मुख्यमन्त्री कार्कीले यस पटकको संविधान दिवसलाई सृजनात्मक बनाउने गरी तयारी थालिएको बताए । उनले संविधान दिवसलाई जनतासँग जोड्ने र सबै जातजाति धर्मसंस्कृति मान्नेहरूको सहभागिता हुने गरी मनाइने जानकारी दिए ।

‘हाम्रो देश विविधताले भरिपूर्ण छ, ती सबै विविधताको उजागर हुने र अपनत्व हुने गरी दिवसको तयारी छ’ मुख्यमन्त्री कार्कीले भने ।

उनले यसपटकको संविधान दिवसमा प्रतियोगितात्मक झाँकी प्रदर्शनी, वक्तृत्वकला, निबन्ध प्रतियोगिता र मूल आयोजक समितिको तर्फबाट औपचारिक कार्यक्रम गरिने बताए ।

नेपालमा पछिल्लो संविधान २०७२ साल भदौ ३ गते जारी भएको थियो । मुख्यमन्त्री कार्यालयले तीन दिनसम्म मनाइने दिवसमा सार्वजनिक सञ्चारमाध्यममार्फत संविधानप्रति अपनत्व जगाउने खालका कार्यक्रमहरू समेत संचालन गर्ने जनाइएको छ ।

View : 113

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved