विराटनगर : सुरक्षित एवं स्वस्थ्य कार्यस्थलका साथै श्रमिक शक्तिमा उद्योगको उत्पादकत्व निर्भर रहने कुरालाई आत्मसात गरी उद्योग संगठन मोरङको आयोजना तथा इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा तीन दिने व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम बिहीबार सुरु भएको छ ।
तालिमको शुभारम्भ गर्दै संगठनका कार्यवाहक अध्यक्ष सुवोध कोइरालाले प्रविधिको विकाससँगै कार्यस्थलमा जोखिम र नयाँ चुनौतीहरू थपिदै गएको अवस्थामा कार्यस्थललाई स्वस्थ्य, सुरक्षित, व्यवस्थित मर्यादित बनाउनुपर्ने आवश्यकतालाई बोध गरी संगठनले तालिमको आयोजना गरेको बताए ।
श्रमिकको सुरक्षा र स्वास्थ्यले उद्योगको उत्पादकत्व, वस्तुको गुणस्तरका साथै औद्योगिक विकासमा समेत प्रभाव पर्ने भएकाले जोखिम रोकथाम र न्यूनीकरणका उपायहरू सबैले अबलम्वन गर्नुपर्ने उनले धारणा राखे ।
तालिमका प्रशिक्षक एवं व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका विषेशज्ञ दिनेशप्रसाद साहले तीन दिने तालिममा नीतिगत र कानुनी प्रावधानहरू, व्यवस्थापन पद्धति र सुरक्षा योजना, सुरक्षित कार्यस्थल विकास, जोखिम पहिचान एवं व्यवस्थापन र जोखिम नियन्त्रणका वारेमा उद्योग प्रतिष्ठानका व्यवस्थापकहरूलाई ब्यवहारिक ज्ञान दिइने बताए ।
तालिममा सुनसरी मोरङ औद्योगिक करिडोरका २० वटा उद्योग प्रतिष्ठानका व्यवस्थापक, प्रशासक र प्राविधिक गरी २५ जनाको सहभागिता रहेको छ ।
View : 161
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved