विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकाको राम जानकी योग साधना केन्द्रले आफ्नो वार्षिकोत्सवको अवसरमा नियमित योग साधना गर्ने दुई जना जेष्ठ आमाहरूलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरूमा कृष्णकुमारी अधिकारी र शारदा पराजुली छन् । स्वास्थ्यका लागि योगाभ्यासमा उनीहरूले देखाएको सक्रियताको उच्च मूल्याङ्कन गर्दै केन्द्रले सम्मान प्रदान गरेको हो ।
साधना केन्द्रकी संयोजक मञ्जु बुढाथोकी, महिला पतञ्जली योग समिति मोरङकी अध्यक्ष सूची चौधरी तथा महानगर अध्यक्षद्वय कुमारी तामाङ र माधव अधिकारीले संयुक्त रूपमा आमाहरूलाई रुद्राक्षको माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सोही अवसरमा केन्द्रको वार्षिकोत्सवलाई लक्षित गरी विशेष होमहोमादीसमेत गरिएको थियो ।
कार्यक्रममा पतञ्जली योग समितिका पूर्व अध्यक्षद्व सुरेश अग्रवाल रा ध्रुव तामाङ, जिल्ला उपाध्यक्षद्वय ऋषि खतिवडा र दामोदर पोखरेल लगायतका पदाधिकारी तथा स्थानीय साधकहरूको उल्लेखनीय उपस्थिति थियो ।
योगले जेष्ठ नागरिकको जीवनस्तर सुधार्न मद्दत गर्ने भन्दै कार्यक्रमका वक्ताहरूले सम्मानित व्यक्तित्वहरूको प्रशंसा गरेका थिए । साधना केन्द्रमा नियमित योग कक्षा सञ्चालन गरिने केन्द्र संयोजक मञ्जु बुढाथोकीले बताइन् ।
View : 275
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved