Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

लेटाङमा स्काउटको दीक्षान्त

उद्‌घोष संवाददाता
१० साउन २०८१, बिहिवार

लेटाङका नगर प्रमुख एवम् स्थानीय स्काउट संरक्षक भुपेन्द्र लावतीको दीक्षित गरिसकेपछि नेपाल स्काउटका राष्ट्रिय कार्यकारी समिति सदस्य नवलप्रसाद उपाध्यायसँग ।

Advertisement

विराटनगर । मोरङको लेटाङ नगरपालिकास्थित स्थानीय स्काउटको दीक्षान्त बिहीबार सम्प्न्न भएको छ ।

स्थानीय स्काउट संरक्षक एवं  लेटाङका नगर प्रमुख भुपेन्द्र लावती र स्थानीय प्रमुख स्काउट एवं नगर उपप्रमुख कृष्णकुमारी निरौला पोखरेललाई नेपाल स्काउटका राष्ट्रिय कार्यकारी समिति सदस्य नवलप्रसाद उपाध्यायले दीक्षित गरेका थिए । 

सो अवसरमा स्थानीय परिषद सदस्यहरुलाई स्थानीय प्रमुख स्काउटद्वारा दीक्षित गरिएको थियो ।

कार्यक्रममा प्रदेश सदस्यता वृद्धि आयुक्त सन्तोष घिमिरे, प्रदेश अधिकृत नवराज घिमिरे, लेटाङ–२ का वडाध्यक्ष  तेजप्रसाद तिम्सिना, विराटनगर महानगरपालिका स्थानीय प्रमुख आयुक्त नवीन पहाडी, ग्रामथान गाउँपालिका स्थानीय प्रमुख आयुक्त सञ्जना माझी,, स्काउट नेतृत्व, स्काउटहरु, स्थानीय बुद्धिजीवी एवं समाजसेवीको उपस्थिति  थियो ।

कार्यक्रम स्थानीय स्काउट सदस्य सचिव कृष्णराज राई, स्थानीय प्रमुख आयुक्त  गौरव खतिवडाको संयोजकत्वमा भएको जनाइएको छ ।
 

View : 412

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved