Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

होराइजन क्रिकेट क्लबलाई त्रिकेट सामग्री प्रदान

उद्घोष सम्वाददाता
२४ पुष २०८०, मङ्गलवार

विराटनगर । नेफ्लीज क्यानेडियन क्रिकेट क्लबले होराइजन त्रिकेट क्लब विराटनगर–४ लाई १ लाख ८० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री प्रदान गरेको छ । लामो समयदेखि  क्यानडा बस्दै आएका नेप्लीज क्यानेडियन क्रिकेट क्लबका संस्थापक अध्यक्ष इमरान अस्गरको पहलमा होइराइजन क्रिकेट क्लबलाई खेल सामग्री प्रदान गरिएको हो ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा मंगलबार साँझ आयोजित  कार्यक्रममा नेप्लीज क्यानेडियन क्रिकेट क्लबका संस्थापक अध्यक्ष इमरान अस्गरले होराइजन क्रिकेट क्लबका अध्यक्ष सुनिलकुमार पौडेललाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बोल्दै महानगर प्रमुख कोइरालाले राष्ट्रिय गौरवको आयोजनामा समावेश विराटनगर–१९ वैजनाथपुरमा सुविधासम्पन्न रंगशाला निर्माणपछि विराटनगरमा आर्थिक गतिविधि बढ्ने बताए ।

उनले रंगशाला निर्माणपछि विराटनगरमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरु गर्न सकिने दाबी गरे । उनले सो रंगशालामा नेपाल र भारतबीच प्रतियोगिता भएमा ठूलो संख्यामा भारतीय दर्शकसमेत आउने बताए ।

“सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरेको विराटनगर–१९ को रंगशाला निर्माणपछि यहाँ अन्तर्राष्ट्रियस्तरका ठूला प्रतियोगिता गर्न सकिन्छ, उनले भने, “विराटनगरसित सिमाना जोडिएको बिहारमा मात्रै १६ करोडभन्दा बढी जनसंख्या रहेको छ ।

सो कार्यक्रममा विराटनगर महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष विश्वनाथप्रसाद भगत, वडा सदस्य आदित्य तुलाधर, वडा नं १७ का अध्यक्ष समिम कमर, नेपाल क्रिकेट संघ कोशी प्रदेश अध्यक्ष सर्वजीतराज पाण्डे, मोरङ अध्यक्ष मो साद बाबुलगायतको सहभागिता थियो ।

View : 188

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved