विराटनगर । छैठौं कोशी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ ।
कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा आठ स्वर्ण, छ रजत र चार कास्य पदकका साथ सुनसरीले उपाधि जितेको हो ।
शनिबार सम्पन्न भएको प्रतियोगितामा मोरङ छ स्वर्ण, आठ रजत र चार कास्य पदकका साथ दोस्रो र झापा छ स्वर्ण, तीन रजत र चार कास्य पदकका साथ तेस्रो भएको छ । चैत ९ र १० गते विराटनगरमा भएको प्रतियोगितामा मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, धनकुटा र भोजपुरका १६१ जना महिला तथा पुरूष खेलाडीको सहभागिता थियो ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको सहयोगमा भएको प्रतियोगितामा एकल स्पाइरिङ र एकल प्याटन विद्यामा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।
View : 171
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved