विराटनगर । मोरङको सुन्दरहरैंचा–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलको १५ औं वार्षिकोत्सब तथा अभिभावक दिवसका अवसरमा उदघोषकर्मी मणिराम दाहाल सम्मानित भएका छन् ।
नगरको विविध क्षेत्रको विकासमा पत्रकारिताको माध्यमबाट अनवरत रूपमा विगत १४ बर्षदेखि समर्पित दाहाललाई कार्यक्रमका सुन्दरहरैंचाका संस्थापक मेयर शिवप्रसाद ढकालले दोसल्ला ओडाएर सम्मानपत्रका साथमा सम्मानित गरेका थिए ।
दाहाल स्थानीयलगायत राष्ट्रिय मिडियामा आवद्व रहेर व्यवसायिक पत्रकारितामा संलग्न छन् । दाहालसँगै ऊनका श्रीमती मन्जु तिम्सिना दाहाललाई समेत कार्यक्रममा सम्मानित गरिएको थियो ।
त्यसैगरी कार्यत्रमको अवसरमा समाजसेवी झगवान मोक्तान र श्रीमती खीनामाया मोत्तान साथै लोकगायक बालकृष्ण सिग्देल तथा सरस्वती सिग्देललाई समेत कार्यको उच्च मूल्यांकन गर्दै सम्मानित गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य सन्तोष राईले विद्यालयको प्रगति प्रतिवेदन तथा भावी योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा पूर्व विद्यार्थी ,अभिभावक तथा विविध विधामा उत्कृष्ट हुने विद्यार्थी तथा शिक्षक कर्मचारीलाई प्रशंसापत्रमार्फत सम्मान गरिएको थियो ।
विद्यार्थीद्वारा उत्कृष्ट नृत्य तथा गीतसंगित प्रस्तुत गरिएको कार्यक्रमको सञ्चालन विद्यालयका अध्यक्ष मोहनप्रसाद ढकालबाट भएको थियो ।
View : 210
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved