Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

आज कोशी प्रदेशमा मुसलधारे वर्षाको सम्भावना

उद्घोष सम्वाददाता
१३ साउन २०८१, आइतवार

विराटनगर । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेका कारण आइतबार देशभर साधारणतया मौसम बदली रहेको जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेका कारण कोशी प्रदेशसहित बागमती, गण्डकी र  सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

कोशी प्रदेशसहित बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका केही स्थान तथा बाँकी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । 

आइतबार विहानैदेखि बागमती र गण्डकी प्रदेशका धेरै तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।  

राति समेत देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा लुम्बिनी प्रदेशका केही स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

विभागले  कोशीसहित बागमती, गण्डकी र  सुदूरपश्चिम  प्रदेशका एक–दुई  स्थानमा भारीदेखि धेरै भारी  वर्षाको सम्भावना रहेकोले  ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न आग्रह पनि गरेको छ ।

ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन भनेको छ । 

View : 1073

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved