Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

उद्योगको लाइन नजोडिएपछि प्रधानमन्त्री ओलीले भने–

‘देश बिगार्न, उद्योगभन्दा बन्द गर्न र देशलाई टाट पल्टाउन चाहिँ दिइँदैन’

उद्घोष सम्वाददाता
२६ कार्तिक २०८१, सोमवार

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर्न आनाकानी गर्ने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलममान घिसिङप्रति सरकारले कडा कदम चाल्न सक्ने संकेत गरेका छन् । उनले देश विगार्न, उद्योगधन्दा बन्द गर्न र देशलाई टाट पल्टाउन नदिने बताएका छन् ।

सोमबार साँझ विराटनगरमा प्रधानमन्त्री ओलीलाई लाइन काटिएका उद्योगहरूमा लाइन जोड्न सरकारले दिएको निर्देशन सोमबार पनि विद्युत प्राधिकरणले कार्यन्वयन नगरेको बिषयमा जिज्ञासा राखेका थिए ।

आज पनि जोडिएन नि भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भने ‘जोडिएन छैन ? ठीक छ त्यो हेर्दै जानुपर्छ तर, देश बिगार्न र उद्योगधन्दा बन्द गर्न, देशलाई टाट पल्टाउन चाहिँ दिइँदैन ।’

यसअघि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले पनि सरकारको निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य नहुने बताएका थिए । सोमबार नै उर्जामन्त्री दिपक खड्काले पनि उद्योगमा लाइन जोड्न प्राधिकरणको बोर्ड बैठक कुर्नु नपर्ने बताए । डेडिकेटेड र ट्रंक लाइनको महसुल भुक्तानीसम्बन्धि विवादपछि सरकारले गठन गरेको लाल आयोगको प्रतिवेदन उर्जा मन्त्री खड्काको रोहबरमा सोमबार साँझ सार्वजनिक गरिएको हो ।

तर प्राधिकरणले सोमबार साँझसम्म पनि विद्युट काटिएका उद्योगमा लाइन नजोडेपछि प्रधानमन्त्रीले पनि ‘देश बिगार्न र टाट पल्टाउन नदिने’ बताएर प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई त्यसै नछाडिने संकेत गरेका हुन् ।

डेडिकेटेड र ट्रंकलाइन विवादमा उद्योगको लाइन जोडेर बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्ले गरे पनि नेपाल विद्युत प्राधिकरणले कुनै निर्णय लिन सकेको छैन ।

प्रधानमन्त्रीले सरकार बाहिर रहँदा माओवादीले सधैं गर्ने भनेकै आन्दोलन भएको भन्दै टिप्पणी गरे ।

‘सरकारमा नभएपछि उहाँहरु यस्तै हो’, उनले भने ‘अबको १ वर्ष ८ महिनापछि म हट्छु, त्यसपछि शेरबहादुरजी प्रधामन्त्री बन्नुहुन्छ, उहाँले चुनाव गराउनुहुन्छ, चुनावको नतिजा जे आउँछ, त्यही अनुसार हुन्छ ।’

View : 91

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved