Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

स्थानीय प्रशासनः कोशी प्रदेशको कार्यसम्पादनमा तेह्रथुम उत्कृष्ट

उद्घोष सम्वाददाता
२४ साउन २०८१, बिहिवार

तेह्रथुम, २४ साउन ।  कोशी प्रदेशभरिका प्रशासन कार्यालयमध्ये तेह्रथुम उत्कुष्ट घोषित भएको छ ।

गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेअनुसार मूल्याङ्कनका आधारमा तेह्रथुम ९६ दशमलव आठ सय ७५ अङ्क प्राप्त गरी उत्कृष्ट ठहरिएको हो । 

जिल्लमा शान्ति, सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वयका आधारमा तेह्रथुमले उक्त अङ्क पाएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् ।

आर्थिक वर्ष २०७९/८० मा ३७औँ स्थानमा रहेको तेह्रथुम आर्थिक वर्ष २०८०/८१ मा आठौँ स्थानमा उक्लिएको उनले बताइन् ।

कोशी प्रदेशको सोलुखुम्बु भने ७७ जिल्लाको सूचीमा दशौँ स्थान छ । यद्यपि कोशी प्रदेशमा भने दोस्रो स्थान हासिल गरेको छ ।

धनकुटा ९५ दशमलव आठ सय ७५ अङ्क प्राप्त गर्दै कोशी प्रदेशमा तेस्रो भएको छ । रासस
    
 

View : 89

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved