Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

पूविको ३२ औं वार्षिकोत्सव

महिला तथा पुरुष दुवै फुटबलमा शिक्षण अस्पताल विजयी

उद्‌घोष संवाददाता
१६ पुष २०८२, बुधवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको ३२ औं वार्षिकोत्सवको अवसरमा गरिएको  महिला तथा पुरुष फुटबल प्रतियोगितामा पूवि शिक्षण अस्पताल गोठगाउँ विजयी भएको छ । 

बुधबार पूवि केन्द्रीय कार्यालय गोठगाउँमा भएको महिला फुटबलको  फाइनलमा शिक्षण अस्पतालको टोलीले हेल्थ साइन्स कलेजको टोलीलाई शून्यको विरुद्ध एक गोल गरी विजयी भएको हो ।

यसैगरी पूवि केन्द्रीय कार्यालयमा भएको पुरुष फुटबलमा शिक्षण अस्पतालको टोली नै विजयी भएको छ ।  जीपीकार र हेल्थ साइन्स कलेजको संयुक्त टोलीलाई शून्यको विरुद्ध दुई गोल गरी शिक्षण अस्पताल विजयी भएको हो ।  
पूवि कर्मचारी संघका अध्यक्ष रुपेश बस्नेतले फाइनल दुवै खेलको उद्घाटन गरी प्रतियोगिता  गरिएको थियो ।  सो अवसरमा अध्यक्ष बस्नेतले यस्ता कार्यक्रमहरूले प्राध्यापक र कर्मचारीहरूको बौद्धिक तथा शारीरिक क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । 

यसैगरी वार्षिकोत्सवको अवसरमा शुक्रबार विहान ७ बजे कर्मचारी तथा प्राध्यापकको दौड राखिएको अधिकृत नारायणप्रसाद पोखरेलले बताए ।   

हाजिरीजवाफमा जनता आदर्श र सिपेड प्रथम
पूविको वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर–आंगिक क्याम्पस खेलकुद प्रतियोगिता अन्तर्गत हाजिरीजवाफ प्रतियोगिता’ मा जनता आदर्श बहुमुखी क्याम्पस र जनसंख्या तथा विकास केन्द्र (सिपेड)को टोली   प्रथम भएको छ । सो समूहबाट सहभागी तुलसीप्रसाद बराल, मनोज यादव र मोहन घिमिरे  हाजिरीजवाफमा सहभागी थिए । 

पूविको वार्षिकोत्सवको   उपलक्ष्यमा आयोजित विभिन्न खेलकुद तथा रचनात्मक कार्यक्रमहरू मध्ये बुधबारको हाजिरीजवाफको पाmइनल प्रतियोगितामा जनता आदर्शले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान सुरक्षित गरेको हो । सो प्रतियोगितामा केन्द्रीय कार्यालय गोठगाउँको टोली द्वितीय भएको थियो  । 


 पूर्वाञ्चल  विश्वविद्यालय (पूवि)ले आफ्नो स्थापना दिवसको अवसरमा साताव्यापी रूपमा विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिरहेको छ । पुस १९ गते मूल समारोहको आयोजना गरी ३२औं विश्वविद्यालय दिवस भव्य रूपमा मनाउने तयारी भइरहेको विश्वविद्यालय प्रशासनले जनाएको छ ।
प्राध्यापकको चुनाव 

त्रिवि प्राध्यापक केन्द्रीय समितिको निर्वाचन बिहीबार पुसेट कलेज विराटनगरमा हुने भएको छ । सभापति, उपसभापति, महासचिव, सचिव  र कोषाध्यक्ष गरी ५ पदको लागि निर्वाचन हुने भएको हो । सोको लागि सभापतिमा ४, उपसभापतिमा ३, महासचिवमा २  सचिवमा २ र कोषाध्यक्षमा २ जना गरी कूल  १३ जना प्रतिस्पर्धामा छन् ।

सदस्य पदमा निर्विरोध भैसकेकोले पदाधिकारीका लागि मात्र  मतदान कार्यक्रम राखिएको निर्वाचन संयोजक मनोज हलुवाईले जानकारी दिए । निर्वाचनमा एक सय ४० मतदाता छन् ।


 

View : 255

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved