Biratnagar, Morang, Nepal
१२ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

बालिका बलात्कारको आरोपमा रंगेलीमा पाँच जना पक्राउ

उद्‌घोष संवाददाता
११ साउन २०८३, सोमवार

Advertisement

विराटनगर । मोरङ प्रहरीले जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा पा“च जनालाई पक्राउ गरेको छ । 

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार गत २०८३ साउन २ गते बिहान करिब ९ बजे मोरङको सुनवर्षी नगरपालिका–५ की एक बालिकालाई रंगेली नगरपालिका–३ बस्ने १८ वर्षीय मोहम्मद असमानले ललाई फकाई गरेर रंगेली नगरपालिका–७ स्थित ‘युमी क्याफे’ मा लगी विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेका थिए । 

उक्त घटनामा क्याफे सञ्चालक सुनवर्षी नगरपालिका–९ का २१ वर्षीय सुमन कुमार साह समेतको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

त्यसपछि सोही दिन राति करिब ११ बजे पीडितलाई पुनः रंगेली नगरपालिका–७ स्थित ‘द नाइन्टिन्स क्याफे’ मा लगेर २० वर्षीय करण मण्डल, १८ वर्षीय प्रियन्सु साह र १८ वर्षीय रितिक यादव समेतले सामूहिक रूपमा जबरजस्ती करणी गरेका थिए ।

घटनापछि पीडितको उजुरीका आधारमा आइतबार जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले पाँचै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

View : 62

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved