विराटनगर । नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व खेम नेपाली र सोम पोर्तेल पुरस्कृत भएका छन् ।
मंगलबार नेपाल उत्पीडित जातीय मुक्ति समाज कोशी प्रदेश कमिटीले नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व नेपाली र पोर्तेललाई पुरस्कृत गरेको हो ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३६ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा नगद सहित नेपालीलाई भद्रमान घले स्मृति सम्मान पुरस्कार र पोर्तेललाई नवराज शंकर स्मृति युवा प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।
नेकपा एमालेका महासचिव शंकर पोखरेल, मुक्ति समाज केन्द्रीय कमिटी अध्यक्ष मनोहर विश्वकर्मा र कोशी प्रदेश अध्यक्ष उमेश विश्वकर्मालगायतले पुरस्कार वितरण गरेका हुन् ।
View : 193
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved