Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रकाशकीय

दुई दशकको हाम्रो यात्रा

उद्‌घोष संवाददाता
२ भदौ २०८२, सोमवार

आजबाट उद्घोष दैनिकले दुई दशक लामो यात्रा पूरा गरेर २१ औं वर्षमा प्रवेश गरेको छ । यो बीचमा देशमा धेरै आरोह, अवरोहहरु आए । ती सबै समस्याहरुको सामना गर्दै यो पत्रिकाले दुई दशकको यात्रा पूरा गरेको हो । 

दोस्रो ऐतिहासिक जनआन्दोलन ०६२–०६३ भन्दा अघि दैनिक रुपमा प्रकाशित हुन थालेको यो पत्रिकाको प्रकाशनपछि राजतन्त्रको समाप्त भएसँगै गणतान्त्रिक शासन व्यवस्था सुरु भयो । यही बीचमा दोस्रो संविधानसभाद्वारा पारित नेपालको लोकतान्त्रिक संविधान २०७२ साल असोज ३ गते जारी भयो ।

हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौं । नयाँ संरचना र शासन व्यवस्थाको दोस्रो कार्यकालको अभ्यासमा छौं । शासन व्यवस्था लोकतान्त्रिक भए पनि देशमा राजनीतिक स्थिरता आउन नसक्दा त्यसको मार सबै क्षेत्रमा पर्न गएको छ । 

यो बीचमा पत्रकारिता क्षेत्रले ठूलो मारहरु सहनु पर्यो । सूचना र प्रविधि क्षेत्रमा संसारले तीब्र रुपमा फड्को मार्दैगर्दा पत्रकारिता क्षेत्रमा नयाँ नयाँ चुनौतिहरु थपिंदै गएका छन् । 

समाजिक सञ्जालको बढ्दो प्रयोगसँगै छापा पत्रकारिताले ठूलो संकटको सामना गर्नु परिरहेको छ । यस्तो अवस्थामा पत्रिका बचाइराख्नु चानचुने कुरा होइन ।

उद्घोष दैनिक श्रमजीवी पत्रकारहको सामुहिक प्रयासमा चलाइरहेको पत्रिका हो । यस्तो प्रयासबाट यति लामो समयसम्म अविछिन्न रुपमा पत्रिका प्रकाशन हुँदै आएको अरु उदाहरण छैनन् । 

पेशागत इमान्दारिता र व्यवयायिक निष्ठाबाट मात्र यस्तो अभ्यासले निरन्तरता पाउन सक्दो रहेछ । काम गर्दै जाँदा यो अनुभव हामीले हासिल गर्न सक्यौं । यो निरन्तरता अझ पनि जारी रहनेछ ।

ऐतिहासिक जनआन्दोलनबाट प्रँप्त उपलब्धीहरुको रक्षा गर्दै लोकतन्त्र, जनअधिकार र प्रेस स्वतन्त्रताको पक्षमा हाम्रो अभियान निरन्तर जारी रहनेछ । 

विगतमा जस्तै लेखक, पाठक, विज्ञापनदाता सबैको न्यानो माया पाइरहौं । आउँदा दिनमा निरन्तर खबरदारी गर्दै हामीलाई सही बाटोमा हिंड्ने प्रेरणा मिलिरहोस् ।

View : 762

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved